IME Life New

बेचेको शेयर बेलैमा ट्रान्सफर नगर्दा लगानीकर्ताले तिरे रु. ५ करोड बढी जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजारमा अहिले ठूलो संख्यामा लगानीकर्ताहरु भित्रिएका छन्। तर, जानेर वा बुझेर शेयर बजारमा लागेका कमै छन्। कतिपयलाई त शेयर कारोबार गर्दा अपनाउनुपर्ने सावधानीबारे थाहै छैन।

नेपालको शेयर बजार पनि पछिल्लो प्रविधिमैत्री बनेको छ। तर, कतिपयलाई प्राविधि ज्ञान नहुँदा शेयर बजारमा आम्दानी गर्दा पनि ठूलो धनराशि गुमाउँदै आएका छन्।

Esewa
Crest

चालु आर्थिक वर्षको ९ महिना चैतसम्मको तथ्यांक हेर्ने हो भने अझै पनि लगानीकर्ताहरुले हेल्चेक्र्याइँ गर्दा वा नजानेर ठूलो रकम जरिवानाबापत तिरेकोका पाइएको छ। यो ९ महिनामा शेयर लगानीकर्ताले क्लोजआउटमा परेर ५ करोड रुपैयाँभन्दा बढी जरिवाना तिरेका हुन्।

आफूले बेचेको शेयर समयमै ट्रान्सफर नगर्दा क्लोजआउटमा परिन्छ। नियमअनुसार आफूले बेचेको शेयर २४ घन्टाभित्र ट्रान्सफर गर्नुपर्छ। तर, समयमै शेयर ट्रान्सफर नगरेर क्लोजआउटमा पर्दा आफूले बेचेको शेयरको कुल रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ। उदाहरणका लागि ‘ए’ नाम गरेका लगानीकर्ता १ लाख रुपैयाँबराबरको शेयर बेचे। तर, ती लगानीकर्ताले तोकिएको समयभित्र शेयर ट्रान्सफर गरेनन् भने क्लोजआउटबापत २० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ।

आफूले बेचेको शेयर ‘मेरो शेयर’मा गएर ईडीआईएस गर्नुपर्छ। यसको मतलब शेयर ट्रान्सफर अर्थात हस्तान्तरण गर्नुपर्छ।

त्यसो त ‘मेरो शेयर’ नवीकरण नगर्दा वा अन्य कारणले शेयर ‘फ्रिज’ हुन सक्छ। यस्तो अवस्थामा पनि शेयर ट्रान्सफर गर्न मिल्दैन। मेरो शेयर मा शेयर ‘फ्री’ छ वा छैन भन्ने हेर्नुपर्छ। शेयर ‘फ्री’ छ भनेमात्रै आफूले बेचेपछि ट्रान्सफर गर्न मिल्छ।

सीडीएससीका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा क्लोजआउटमा परेर लगानीकर्ताहरुले ५ करोड १ लाख ९१ हजार रुपैयाँ जरिवाना तिरेका छन्। यो ९ महिनाको अवधिमा सबैभन्दा बढी माघमा लगानीकर्ताहरुले धेरै जरिवाना तिरेका छन्। माघमा लगानीकर्ताहरुले १ करोड ४६ लाख रुपैयाँ जरिवाना तिरेका थिए। चैतमा भने लगानीकर्ताले ४४ लाख ५८ हजार रुपैयाँ जरिवाना तिरेका छन्।

कुन महिनामा लगानीकर्ताले कति तिरे जरिवाना ?

स्रोतः सीडीएससी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS