काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १,९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । सिभिल बैंक डिबेञ्चर २०८८ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।