IME Life New

झन्डै १००%ले बढ्यो शेयर बजारबाट हुने सरकारको आम्दानी, नौ महिनामा कति उठ्यो राजस्व ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार लामो समयदेखि साइडवेजमा चले पनि बैंकहरुबाट प्रवाह हुने शेयर धितो कर्जा भने विस्तार बढ्न थालेको छ। अन्य क्षेत्रको तुलनामा शेयर धितो कर्जाको माग बढ्न थालेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्ला तथ्यांकहरुबाट पनि प्रस्ट हुन्छ।

यसरी शेयर लोन बढ्न थाल्नु भनेको बजारमा नयाँ पैसा भित्रिन सुरु गरेको पनि मान्न सकिन्छ। अहिले ठूलो संख्यामा लगानीकर्ताहरु शेयर बजारमा कारोबार गरिरहेका छन्। केही ठूला लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा रहे पनि बजारमा अहिले अल्पकालीन लगानीकर्ताहरुले बजारको चालअनुसार लगानी गरिरहेका छन्। यी कारणले पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने सरकारले शेयर बजारबाट उठाउने राजस्व झन्डै सतप्रतिशतले बढेको छ।

Esewa
Crest

सीडीएससीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०।८१ को ९ महिना चैतसम्म शेयर बजारबाट सरकारले ३ अर्ब ७९ करोड रुपैयाँ पुँजीगत लाभ कर प्राप्त गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को यही अवधिसम्म सरकारले १ अर्ब ९२ करोड रुपैयाँमात्रै प्राप्त गरेको थियो। चालु आर्थिक वर्षको ९ महिनामा सरकारले प्राप्त गरेको पुँजीगत लाभकर अघिल्लो वर्षको तुलनामा करिब ९७ प्रतिशतले बढी हो।

शेयर बजारबाट भएको आम्दानीबाट चैतसम्म दीर्घकालीन लगानीकर्ताले ८९ करोड ७० लाख रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ र संस्थागत लगानीकर्ताले ४५ करोड ३८ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्।

शेयर बजारबाट हुने आम्दानीबाट दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत, अल्पकालीन लगानीकर्ता ७.५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्। यो हिसाबले शेयर बजारमा अल्पकालीन लगानीकर्ता हावी भएको देखिन्छ। किनकि अल्पकालीन लगानीकर्ताहरुले सबैभन्दा बढी पुँजीगत लाभकर तिरेका छन्।

त्यसो त अघिल्लो महिना फागुनको तुलनामा चैतमा सरकारले पाउने राजस्व करिब १० प्रतिशतले बढेको देखिन्छ। यसले पनि शेयर बजारमा कारोबारीहरु सक्रिय हुन थालेको संकेत गर्छ।

गत चैत महिनामा मात्रै लगानीकर्ताहरुले ४८ करोड ३४ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। फागुनमा सरकारले शेयर बजारबाट ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो।

गत चैतमा दीर्घकालीन लगानीकर्ताले ११ करोड १३ लाख रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २८ करोड ७३ लाख रुपैयाँ र संस्थागत लगानीकर्ताले ८ करोड ८३ लाख रुपैयाँ सरकारलाई पुँजीगत लाभकर तिरेका छन्। फागुनमा दीर्घकालीन लगानीकर्ताले ११ करोड ६८ लाख रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २५ करोड १० लाख रुपैयाँ र संस्थागत लगानीकर्ताले ७ करोड ३० लाख रुपैयाँ सरकारलाई पुँजीगत लाभकर तिरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS