IME Life New

इन्साइडर ट्रेडिङः प्रारम्भिक जाँचबुझ धितोपत्र बोर्डले गर्ने, पूर्ण अनुसन्धानको जिम्मा प्रहरीलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब शेयर बजारमा हुने इन्साइडरका घटनाको नेपाल प्रहरीले अनुसन्धान गर्ने बाटा खुलेको छ। धितोपत्रसम्बन्धी ऐनसहित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत यस्तो व्यवस्था गरिएको हो। यो विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रुपमा लागू भइसकेको छ।

विद्यमान ऐनमा ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’मा केही व्यवस्थामा संशोधन गरिएको छ। ऐनमा तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले’ भन्ने शब्दहरुको सट्टा ‘यस ऐनबमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले’ भन्ने शब्दहरु राखिएको छ। यसअघि इन्साडरसम्बन्धी विषयमा धितोपत्र बोडकै कर्मचारीले अनुसन्धान गर्ने गरेकोमा उक्त अनुसन्धान अब प्रहरीले गर्ने भएकोले ‘यस ऐनबमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले’ भन्ने शब्दहरु राखिएको थियो।

Esewa
Crest

यसैगरी तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको’ भन्ने शब्दहरुको सट्टा ‘यस ऐनबमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले अनुसन्धानको’ भन्ने शब्द राखिएको छ। यसअघि इन्साडरसम्बन्धी विषयमा धितोपत्र बोर्डकै कर्मचारीले अनुसन्धान गर्न गरेकोमा उक्त अनुसन्धान प्रहरीले गर्ने भएकोले ‘यस ऐनबमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले’ भन्ने शब्दहरु राखिएको थियो।

इन्साइडरको प्रारम्भिक जाँचबुझका लागि कसैको उजुरी बोर्ड वा यस ऐनबमोजिमको मुद्दामा अनुसन्धान गर्ने निकायमा परेमा वा त्यस्तो कसुरसम्बन्धी जानकारी कुनै व्यहोराले धितोपत्र बोर्डलाई प्राप्त भएमा वा त्यस्तो कसुर भएको छ भन्ने लागेमा अध्यक्षले तत्काल बोर्डको अधिकृतस्तरको कर्मचारीमार्फत त्यस्तो उजुरीको प्रारम्भिक जाँचबुझ गराउनुपर्ने व्यवस्था गरिएको छ। ती अधिकृतले उजुरीको प्रारम्भिक जाँचबुझ गर्दा कसुरसँग सम्बन्धित व्यक्ति वा संस्थासँग सोधपुछ गर्न, आवश्यक कागज, विवरण तथा अभिलेख माग गर्न सक्नेछ । जाँचबुझ गर्दा प्राप्त कागज तथा प्रमाणबाट कसुर गरेको देखिएमा त्यस्तो कसुरमा अनुसन्धान गर्न उजुरी, संकलित विवरण तथा प्रमाणसहितको मिसिल कागजात ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनुपर्ने व्यवस्था ल्याइएको छ।

अनुसन्धानका लागि उजुरीसहित मिसिल कागजात पठाउँदा धितोपत्र बोर्डका तर्फबाट अनुसन्धानमा समन्वय तथा सहयोग गर्नका लागि धितोपत्र बोर्डको कुनै अधिकृतको नामसमेत खुलाई पठाउन सकिने व्यवस्था गरिएको छ। यसअघि त्यस्ता मुद्दामा धितोपत्र बोर्ड आफैँले अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था थियो । अब भने धितोपत्र बोर्डले प्रारम्भिक अनुसन्धन गर्ने र बाँकी अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई र मुद्दा दायर गर्ने जिम्मेवारी सरकारी वकिललाई दिइएको छ।

इन्साइडर ट्रेडिङमा अनुसन्धान गरी मुद्दा दायर गर्ने अधिकार पनि प्रहरीलाई दिइएको छ। अनुसन्धानका लागि उजुरीसहित मिसिल कागजात प्राप्त भएमा वा आफूलाई प्राप्त उजुरी वा जानकारीको सम्बन्धमा प्रारम्भिक जाँचबुझका लागि धितोपत्र बोर्डमा पठाइएकोमा बोर्डबाट दफा १०३ को उपदफा (३) बमोजिमको अवधिभित्र कुनै निर्णय नभएमा त्यस्तो उजुरीको सम्बन्धमा समेत प्रहरी प्रधान कार्यालयले कम्तीमा प्रहरी निरीक्षक दर्जाको प्रहरी कर्मचारीलाई अनुसन्धान अधिकारी तोकी कसूरको अनुसन्धान गराउनुपर्नेछ। त्यसरी अनुसन्धान गर्दा बोर्डसँग आवश्यक समन्वय गर्न तथा सहयोग लिन सकिनेछ। अनुसन्धान अधिकारीले मुद्दाको अनुसन्धान गरी प्रचलित कानुनबमोजिमको ढाँचामा अनुसन्धान प्रतिवेदन तयार गरी सम्बन्धित सरकारी वकिल कार्यालयमा पठाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS