IME Life New

अरुण भ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता शेयर वैशाख १० बाट बिक्रीमा राखिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब २० लाख कित्ता शेयर वैशाख १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ।

अरुणा भ्यालीले गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। उक्त शेयरको बाँडफाँट चैत २७ गते गरिएको थियो।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो। जसमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागिमात्र आवेदन परेको थियो। कम्पनीको बिक्री नभएको १९ लाख ९२ हजार १२४ कित्ता हकप्रद शेयर लिलामीमा राखिने भएको हो।

लिलामीमा राखिने शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन वैशाख २४ गतेसम्म पेस गर्न सकिनेछ।

लगानीकर्ताले काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS