IME Life New

सीआईटीको ‘नागरिक पेन्सन योजना’मा को-को सहभागी हुन पाउँछन् ? बचतको सीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले ‘नागरिक पेन्सन योजना’ सञ्चालन गरिरहेको छ। योजनाअन्तर्गत आयआर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघसंस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्छन्।

बचत गर्न सकिने सीमा

Esewa
Crest

यस योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्छन्। बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रुपमा रकम जम्मा गर्न सकिने विशेषतासमेत रहेको बुझाउँदा मासिक रु. ५०० भन्दा कम नहुने गरी बुझाउनुपर्नेछ।

पेन्सन पाउन योग्य हुने अवस्था

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफलसमेत एकमुष्ठ भुक्तान लिन वा पेन्सनका रुपमा भुक्तानी लिन सक्नेछन्।
कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS