IME Life New

नयाँ वर्ष २०८१ मा सन सेक्युरिटीजले सञ्चालनमा ल्यायो अनलाइन भिडियो केवाईसी प्रणाली, ‘मिसन ८४’ अफर जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नयाँ वर्ष २०८१ को शुभ अवसरमा सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले आफ्ना शेयरधनी, कर्मचारी तथा ग्राहक एवं शुभेच्छुकमा नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्दै अनलाइनबाटै भिडियो केवाईसीका माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ।

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सन सेक्युरिटिजले १ नेपाली १ ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि ‘मिसन ८४’ अनावरण गरेको हो। नयाँ वर्ष २०८१ को अवसर पारेर सन सेक्युरिटीजले ‘१ नेपाली १ ब्रोकर खाता’ भन्ने नाराका साथ २०८४ सम्ममा हरेक नेपालीको एउटा डिम्याट र एउटा ब्रोकर खाता खोल्ने अभियान थालेको छ। वित्तीय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम भएको र त्यसका लागि डिम्याट खाता र ब्रोकर खाता अनिवार्य रहेको हुँदा सन सेक्युरिटिजले ‘मिसन ८४’ अन्तर्गत ग्राहकलाई चार विभिन्न आकर्षक अफर प्रस्तुत गरेको छ।

Esewa
Crest

सन सेक्युरिटिजका अफर

१. लाइफटाइम डिम्याट खाता अफर

यस अफरअन्तर्गत ग्राहकले मात्र रु. ६६४ मा डिम्याट खाता तथा आजिवन डिम्याट नवीकरण सेवा पाउनेछन्। यससँगै ग्राहकले अनिवार्य रुपमा ब्रोकर खातासमेत पाउनेछन्।

२. निःशुल्क डिम्याट र मेरो शेयर अफर

यस अफरअन्तर्गत सन सेक्युरिटिजमा कारोबार खाता खोल्ने ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर सेवा प्राप्त गर्नेछन्।

३. अटोमेटिक डिम्याट तथा मेरो शेयर नवीकरण अफर

यस अफरअन्तर्गत सन सेक्युरिटिजमा कारोबार खाता तथा डिम्याट खाता खोली १ वर्षभित्र १० पटक शेयर खरिदबिक्री गर्ने ग्राहकको डिम्याट खाता तथा मेरो शेयर खाता सन सेक्युरिटिजले हरेक वर्ष निःशुल्क नवीकरण गरिदिनेछ।

४. निःशुल्क बीओ टु बीओ अफर

यस अफरअन्तर्गत ग्राहकले सन सेक्युरिटिजमा डिम्याट खाता तथा कारोबार खाता खोली कारोबार गर्ने क्रममा अर्को डिम्याट खातामा रहेको आफ्नो नामको शेयर सन सेक्युरिटिजमा रहेको आफ्नो डिम्याट खातामा ट्रान्सफर गर्न चाहेमा निःशुल्क बीओ टु बीओ (एउटै व्यक्तिको एक डिम्याटमा भएको शेयर अर्को डिम्याटमा लैजाने प्रक्रियालाई बीओ टु बीओ भनिन्छ।) सुविधा प्रदान गरिनेछ। साथै यस सेवाका लागि काठमाडौंभित्र रहेका ग्राहकलाई थप सेवा आवश्यक परेमा सन सेक्युरिटिजबाट निःशुल्क क्लरिकल सेवासमेत प्रदान गरिनेछ।
सन सेक्युरिटिजमा अनलाइनबाट डिम्याट खाता तथा कारोबार खाता खोल्नका लागि निम्नबमोजिमको लिंकमा क्लिक गरेर खाता खोल्न सकिनेछ।

https://www.sunsecurities.com/portal.html, or

https://portal.sunsecurities.com/

गाहकलाई आइपर्ने समस्या समाधान तथा जिज्ञासाका लागि सन सेक्युरिटिजको फेसबुक पेजको इन्बक्सबाट, ह्वाट्सएप तथा भाइबर (मोबाइल नं. ९७६७२३३०००) बाट साथै कल सेन्टरको फोन नं. ०१–५९७१५०० बाट छिटो तथा सुलभ ढंगबाट सम्पर्क गरी सेवा लिन सकिने व्यवस्था गरिएको छ। साथै कम्पनीले ग्राहकको सुविधाका लागि शनिबारको बिदाबाहेकका सबै सरकारी बिदामा समेत कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाएको छ।

सन सेक्युरिटिजले देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली नागरिकलाई डिम्याट खाता खोल्न तथा ब्रोकर खाता खोल्न अनलाइनबाटै सहज पहुँच पुर्याई आर्थिक वर्ष २०८३।८४ भित्र धितोपत्र बजारअन्तर्गत प्राथमिक तथा दोस्रो बजारमा सबै नेपालीले लगानीका लागि समान पहुँच पुर्याउने ‘मिसन ८४’ को उद्देश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS