IME Life New

धितोपत्र तथा वस्तु विनियम बजारसम्बन्धी लेख/रचना पठाउन सेबोनको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी लेख/रचना पठाउन सबैलाई आग्रह गरेको छ।

सेबोनले एक सूचना प्रकाशित गर्दै सेबोनको वार्षिकोत्सवका अवसरमा बजार, पुँजीबजार, मुद्रा बजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषात्मक लेख/रचना उपलब्ध गराउन आग्रह गरेको हो। यस्ता लेख/रचना समावेश गरी नियमित रुपमा लेख विशेषांक सेबोन प्रकाशन गर्दै आएको छ।

Esewa
Crest

सेबोनले आफ्नो ३२ औँ वर्षमा प्रवेश गर्ने हुँदा सोही अवसरमा ‘वार्षिकोत्सव लेख विशेषांक–२०८१’ प्रकाशन गर्न लागेको हो। सेबोनले आउँदो जेठ २५ गते वार्षिकोत्सव मनाउँदैछ। लेख/रचना आउँदो वैशाख मसान्तसम्म पठाउन सेबोनले आग्रह गरेको छ।

लेख/रचना सेबोनको [email protected] मा पठाउन सकिनेछ। लेख/रचना पठाउँदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनका लागि पेसमेत नगरिएको हुनुपर्ने सेबोनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS