IME Life New

प्रकाशकीय : बीमा क्षेत्रकै पहिलो डिजिटल पत्रिका ‘इन्स्योरेन्स खबर’ सातौँ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको पहिलो व्यावसायिक अनलाइन पत्रिकाका रुपमा ६ वर्ष अघिदेखि बामे सर्दै अगाडि बढिरहेको ‘इन्स्योरेन्स खबर डटकम’ सातौँ वसन्तमा पाइला टेक्दैछ।इन्स्योरेन्स सचेतनाका लागि इन्स्योरेन्स खबर’ मूल उद्देश्यसहित स्थापना गरिएको यस अनलाइन पत्रिकाले सातौँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा हाम्रा पाठक, दर्शक र शुभचिन्तकमाझ खुसी साट्न पाउँदा हामीलाई गर्व लागेको छ।

पछिल्लो समयमा देखा परेको आर्थिक गतिविधिमा सुस्तताले क्रमशः बीमाको पहुँचमा रहेको जनसंख्या घट्दै गएको अवस्था छ। यो अवस्था कहिलेसम्म रहन्छ भन्ने यकिन साथ बीमा क्षेत्रले अनुमान गर्न सकेको छैन। समग्र आर्थिक क्षेत्र चलायमान भएर सर्वसाधारणको खल्तीमा पर्याप्त बचतको पैसा हुने अवस्था नआउँदासम्म यो संकुचन लम्बिने सक्ने देखिन्छ।

Esewa
Crest

सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन। गैरपुँजीगत खर्चसमेत धान्नका लागि पर्याप्त स्रोत जुटाउन नसक्दा विदेशी दातृसँग ऋण सापटी गरेर दायित्व पूरा गर्नुपर्ने अवस्थामा छ। वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्र चलायमान बनाउने सरकारी घोषणा कार्यान्वयनमा आउनेमा शंका गर्ने पर्याप्त ठाउँ छ। यसअघिका लगानी सम्मेलनमा भएका प्रतिबद्धता र भित्रिएको वैदेशिक लगानीको आँकडाबीचको ठूलो खाडलले यो आशंकालाई पुष्टि गरेको छ। राजनीतिक अस्थिरतासँगै नीतिगत अस्थिरताले अन्यौलता निम्त्याउँदा अहिले गरिबदेखि धनीसम्मको परिवारमा विदेश पलायन हुनका लागि खुट्टा उचाल्नेको संख्या दिनदिदै बढ्दै गएको छ। पलायन भइरहेका नागरिकलाई स्वदेशभित्रै अड्याउन सक्ने आकर्षण राज्यमा छैन, राज्यको प्रणालीमा छैन।

पछिल्लो समयमा ब्याजदर घट्दै गए पनि उत्पादन तथा व्यापारिक कारोबारले गति लिन नसक्दा उद्योगी–व्यापारीले बीमा सुरक्षामा गर्दै आएको खर्च क्रमशः कटौती गरिरहेका छन्। बीमासम्बन्धी सचेतनाको अभाव र बीमाको पहुँच थोरै भएको पृष्ठभूमिमा जीवन बीमा अझै कम प्राथमिकतामा पर्न थालेको छ।

जीवन र निर्जीवन बीमा व्यवसायमा मन्दीको प्रभावले २ वर्षअघिसम्म औसत २० प्रतिशत हाराहारीमा वृद्धिदर हासिल गर्दै आएको बीमा व्यवसाय चालु आर्थिक वर्षमा ४.५० प्रतिशतमा सीमित रहने प्रक्षेपण नेपाल बीमा प्राधिकरणको छ। बीमा व्यवसायको वृद्धिदरमा सुस्तताले प्रथम बीमाशुल्क आम्दानी वृद्धिदर उल्टो गतिमा अघि बढ्नु समग्र बीमा क्षेत्रकै लागि शुभ संकेत होइन।

अहिलेको अवस्थामा दीर्घकालीन लगानी र बचत प्रकृतिका सावधिक बीमा योजनाभन्दा पनि बिशुद्ध जोखिम बहन गर्ने प्रकृतिका बीमालेखको बिक्रीलाई जोड दिएर बीमाको लाभबाट सर्वसाधारण वञ्चित हुनुपर्ने अवस्था आउन दिनु हुँदैन। सरकार र नेपाल बीमा प्राधिकरणले नीतिगत रुपमा सहयोग गरेर र बीमकले घर–घरमा सस्तो मूल्यमा पर्याप्त जोखिम बहन गर्ने बीमालेख बिक्री गरेर यो चुनौतीलाई सम्बोधन गर्न सम्भव हुन्छ। सबै बीमकले डब्बल हुने बीमा योजनावाला पुरानो बजारीकरण अस्त्र त्याग्दै जोखिम बहन हुने बीमा योजनाको बिक्रीमा जोड दिनु जरुरी छ।

बीमा क्षेत्रको जानकारहरुसँग बीमा नियमन, बीमा क्षेत्रको अवस्था र समस्या, बीमाको लाभलगायतका विषयमा छलफलसँगै बीमा उद्योगको विकासमा केही योगदान पुर्याउने हाम्रो उद्देश्य हो। पाठकको सुझावअनुसार यस्ता प्रयासलाई हामी भविष्यमा अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ।

विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्मको यात्रा तय गर्न निरन्तर सहयोग गर्नुहुने हाम्रा पाठक, दर्शक, लेखक, नियमनकारी निकाय, नेपाल बीमा प्राधिकरण, बीमक, विज्ञापनदाता, विज्ञापन एजेन्सी, सबै सहयोगी एवं शुभेच्छुक महानुभावलाई सहृदय धन्यवाद व्यक्त गर्न चाहन्छौँ। साथै, नववर्ष २०८१ सालको सुखद् उपलक्ष्यमा देश–विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS