IME Life New

सेबोनबाट लामो समयदेखि आइपीओ अनुमति ठप्प, पाइपलाइनमा अर्बौंको धितोपत्र अलपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा लामो समयदेखि सार्वजनिक निष्कासनको अनुमति रोकिएको छ। गत पुस २० गतेदेखि रमेशकुमार हमाल धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरिएपछि सार्वजनिक निष्कासनको अनुमति प्रक्रिया ठप्प रहेको छ।

अध्यक्षविहीन अवस्थामा पनि राम्रा कम्पनीहरुलाई सार्वजनिक निष्कासनको अनुमति दिनुपर्ने निष्कर्षमा धितोपत्र बोर्डको सञ्चालक समितिमा पुगे पनि यो प्रक्रिया खुलाउने विषयमा भने निर्णय गर्न सकेको छैन। हाल धितोपत्र बोर्डका लागि ५ जनाको नाम सर्टलिस्ट भइसकेको छ। तर, बिहीबार (चैत २९ गते) अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि टुंग्यो लगाइए पनि पछि फेरि अनिश्चितकालका लागि स्थगित गरिएको छ।

Esewa
Crest

त्यसो त कम्पनीहरुको सार्वजनिक निष्कासनको अनुमति दिने काम गत कात्तिकदेखि नै रोकिएको हो। हमाल धितोपत्र बोर्डबाट बाहिरिने बेला १–२ वटा कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिइएको थियो।

हाल धितोपत्र बोर्डको पाइपलाइनमा विभिन्न कम्पनीको साधारण शेयर (आइपीओ), थप सार्वजनिक निष्कासन (एफपीओ), हकप्रद शेयर, ऋणपत्र र म्युचुअल फन्ड गरी ४५ अर्ब ३८ करोड ९० लाख रुपैयाँबराबरको धितोपत्र निष्कासनको पर्खाइमा छन्।

हाल धितोपत्र बोर्डको पाइपलाइमा ३५ वटा कम्पनीको आइपीओ अनुमति पर्खाइमा छन्। ती कम्पनीको कुल १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता साधारण शेयर निष्कासनको तयारी गरेका छन्। जुन २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँबराबर हुन आउँछ।

यसैगरी ५ वटा कम्पनीको एफपीओ पनि धितोपत्र बोर्डको पाइपलाइनमा छन्। यी कम्पनीले कुल २८ लाख ५१ हजार ६४९ कित्ता शेयर बिक्री गरेर २९ करोड ४ लाख ३९ हजार २७२ रुपैयाँबराबर पुँजी जुटाउने कोसिसमा छन्।

यसैगरी १३ कम्पनीको हकप्रद शेयर पनि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्। उनीहरुले ६ करोड २१ लाख ४१ हजार २४५ कित्ता शेयर ६ अर्ब २१ करोड ४१ लाख २४ हजार ५२२ रुपैयाँ पुँजी जुटाउन अनुमति मागेका छन्।

विभिन्न ८ वटा सामूहिक लगानी कोषले ७ अर्ब ९५ करोड रुपैयाँबराबरको ७९ करोड ५० लाख इकाइ बिक्रीको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

मूल्य ३ अर्ब रुपैयाँबराबरको एउटा बैंकको डिबेन्चर पनि निष्कासन अनुमतिको पर्खाइमा छन्।

सार्वजनिक निष्कासनको अनुमति रोकिँदा विभिन्न परियोजनामा लगानी जुटाउन समस्या भइरहेको गुनासो व्यवसायीहरुले गर्दै आएका छन्। यद्यपि यस विषयमा सरकारले भने ध्यान नदिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS