IME Life New

अमेरिकाको सैन्फ्रान्सिस्कामा विन्दास इभेन्ट्सले गर्दैछ कन्सर्ट, स्वप्न सुमनको प्रस्तुति रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मान्छे विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो कला, संस्कृति, भाषा र परम्परालाई भुल्न सक्दैन। आफू जहाँ–जहाँ पुगेको हुन्छ आफ्नोपन पनि साथसाथै पुर्याइरहेको हुन्छ।

विज्ञान र प्रविधिले विश्वलाई साँघुर्याउँदै लगेको परिप्रेक्षमा नेपाली लोकसंस्कृति र गीत–संगीतलाई पनि विदेशमा उपयुक्त मञ्चहरु उपलब्ध हुनु खुसीको विषय हो। यसै सन्दर्भमा अमेरिकाको सैन्फ्रान्सिस्कोस्थित ‘विन्दास इभेन्ट्स’को आयोजनामा अप्रिल १२ अर्थात् नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा भव्य कन्सर्ट हुँदैछ। यस कन्सर्टका लागि नेपालबाट गीत–संगीतको क्षेत्रमा चर्चित ‘स्वप्न सुमन साथै ब्यान्ड’को टिम आउने निश्चित भइसकेको जानकारी आयोजकबाट प्राप्त भएको छ।

Esewa
Crest

स्वप्न सुमनले २०२३ मा नेपालको सर्वश्रेष्ठ गायक अवार्ड प्राप्त गरेका थिए र उनी नेपाली युवापुस्ताबीच निकै लोकप्रिय छन्। अहिले उनका गीतहरु ‘कसरी भनुँ’ र ‘जे छौ जसो छौ तिमी’ गीत युवाको मन जितेको गीत हो।

एक्टिभ र इनर्जेटिक युवाहरु रहेको विन्दास इभेन्ट्सको टिमले हरेक वर्ष अमेरिकाको विभिन्न स्थानमा नेपालीमाझ मनोरञ्जनात्मक र सिर्जनात्मक कार्यक्रम गर्दै आएको छ। गत वर्ष दी एक्स ब्यान्डको यूएसए टुर गराएको यस टिमले यस वर्ष कबवेब ब्यान्डको पनि यूएसए टुर गराउँदैछ।

यस्ता प्रकारका कार्यक्रमले एक त नेपाली लोकसंस्कृति र गीत–संगीतले अन्तर्राष्ट्रिय कन्सर्टसम्म पुग्ने अवसर प्राप्त गरेको हुन्छ भने अर्कातर्फ घरपरिवार र देशबाट टाढिएर रहेका नेपालीलाई मौलिक गीत–संगीतको आनन्द लिने अवसर पनि मिल्ने गर्दछ।

यस वर्ष सैन्फ्रन्सिस्कोमा रहेको दी ग्रेड अमेरिकन म्युजिक हलमा हुन गइरहेको यस कन्सर्टको गेस्ट आर्टिस्ट नलिना चित्रकार छिन् भने सञ्चालन डिजे फिन्जोबाट हुनेछ। लोन अफिसर/स्पेसलिस्ट सीता र विजय गुरुङको टाइटल स्पोन्सर रहेको यस कार्यक्रमका भिडियोग्राफर निकेश श्रेष्ठ र फोटो ग्राफरमा अर्जुन केसी रहनेछन्।

नेपाली युवामाझ अत्यन्तै लोकप्रिय र ख्यातिप्राप्त कलाकारको समूह ‘स्वप्न सुमन साथै ब्यान्ड’को प्रस्तुतिसँगै मनोञ्जन लिन सैन्फ्रान्सिस्कोका नेपाली संगीप्रेमीहरु अत्यन्त उत्साहसहित व्यग्र प्रतीक्षामा रहेका कुरा आयोजक सदस्य असिम गजुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS