IME Life New

स्थगित भयो धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि सर्टलिस्ट परेकाहरुको अन्तर्वार्ता स्थगित भएको छ। अन्तर्वार्ता भोलि बिहीबार (चैत २९ गते) हुने भनिएको थियो।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम आइतबार (चैत २५ गते) सर्टलिस्ट गरेको थियो। उनीहरुको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण बिहीबार बिहान हुने भनिएको थियो। ‘एकाएक अर्थ मन्त्रालयबाट फोन आएर बिहीबार हुने भनिएको अन्तर्वार्ता स्थगित भएको भन्ने खबर आयो’, अध्यक्षका एक आकांक्षीले भने, ‘तर, मैले सुनेअनुसार सिफारिस समितिका एकजना सदस्य बिहीबार उपस्थित हुन नसक्ने भएकोले अन्तर्वार्ता स्थगित गरिएको हो। अब कहिले हुने हो थाहा छैन।’

Esewa
Crest

सर्टलिस्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ छन्। अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणपछि समितिले ३ जनाको नाम छनोट गरी अर्थ मन्त्रालयमा पेस गर्नेछ। अनि अर्थ मन्त्रालयले ती ३ जनामध्ये एकजनाको नाम धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषद् सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्नेछ।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्षको पद रिक्त रहेको छ। सिफारिस समितिले गत फागुन १६ गते अध्यक्ष नियुक्तिका लागि आवेदन खुला गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS