काठमाडौं । चैत २७ गते मंगलबार नेप्से परिसूचक २०३६.०१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ९.१९ अंकले बढेको छ।
४ अर्ब १४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ४८ करोड १० लाखको कारोबार भएको छ जसमा २० करोड ३२ लाखको खरिद छ भने २७ करोड ७७ लाखको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४९ बाट १९ करोड ४२ लाखको खरिद छ भने २० करोड ५९ लाखको बिक्री छ । आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ भने ४ ब्रोकरले बिक्री धेरै गरेका छन्।