IME Life New

धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता बिहीबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि सर्टलिस्ट परेकाहरुको अन्तर्वार्ता बिहीबार (चैत २९ गते) हुने भएको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम आइतबार (चैत २५ गते) सर्टलिस्ट गरेको थियो। उनीहरुको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण बिहीबार हुने अर्थ मन्त्रालय स्रोतले बतायो। ‘बिहान १० बजेदेखि सर्टलिस्टमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता र प्रस्तुतीकरण हुनेछ’, स्रोतले भन्यो।

Crest

सर्टलिस्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ छन्।

अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणपछि समितिले ३ जनाको नाम छनोट गरी अर्थ मन्त्रालयमा पेस गर्नेछ। अनि अर्थ मन्त्रालयले ती ३ जनामध्ये एकजनाको नाम धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषद् सिफारिस गर्नेछ। सम्भवतः सोही दिन बस्ने मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्नेछ।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्षको पद रिक्त रहेको छ। सिफारिस समितिले गत फागुन १६ गते अध्यक्ष नियुक्तिका लागि आवेदन खुला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS