IME Life New

सीईओ देवकोटाले छोडे नबिल स्टक डिलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट सुरेश देवकोटाले राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारणले राजीनामा दिएका हुन्। देवकोटाको राजीनामा कम्पनी सञ्चालक समितिले चैत २६ गतेबाट लागू हुने गरी स्वीकृत गरिसकेको छ।

निजी क्षेत्रको पहिलो स्टक डिलरका रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि नै सक्रिय देवकोटा गत असोज २१ गतेबाट कम्पनीको सीईओमा नियुक्त भएका थिए। छोटो समयमा नै देवकोटाको नेतृत्वमा नबिल स्टक डिलरले उत्कृष्ट नतिजा दिइरहेको थियो। चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुस मसान्तसम्म नबिल स्टक डिलरले रु. ६ करोड ६७ लाख खुद नाफा कमाएको थियो।

Esewa
Crest

करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल स्टक डिलरको कार्यकारी प्रमुख बन्नु अगाडि नबिल बैंकको प्रमुख लगानी अधिकृतका रुपमा कार्यरत थिए। आफ्नो बैंकिङ करिअर २०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका देवकोटाले लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए। तत्कालीन नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिएपश्चात देवकोटाले नबिल बैंकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए।

देवकोटाले नेपाल बंगलादेश बैंकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख सञ्चालन अधिकृत, प्रमुख जोखिम अधिकृतलगायतका कार्यकारी पदहरुमा रही आफूलाई अब्बल साबित गरेका थिए। व्यावसायिक रुपमा चार्टर्ड अकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वपार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्यसमेत रहेका थिए। देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आइएमई जनरल इन्स्योरेन्सलगायतका संस्थामा सञ्चालक सदस्यका रुपमा पनि कार्य गरिसकेका छन्। देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातकोत्तर पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS