IME Life New

नेपाल रिबाट बाहिरिए आइएमई ग्रुपका कम्पनीहरु, आइजीआई प्रुडेन्सियल र हाथवेको नाफा बढ्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिइन्स्यारेन्स कम्पनीको ३४ लाख कित्ता शेयर बेचेर आइएमई ग्रुपका कम्पनीहरु बाहिरिएका छन्।

नेपाल रिको संस्थापक शेयर बेचेर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लिमिटेड र हाथवे इन्भेस्टमेन्ट कम्पनी बाहिरिएका हुन्। यी कम्पनीको नाममा रहेको ३४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत हिमालयन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २८० रुपैयाँमा सकारेको थियो। उक्त शेयर आज दोस्रो बजारबाट खरिदबिक्री गरिएको हो।

Crest

गत फागुन ८ गतेबाट नेपाल रिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाममा रहेको २० लाख कित्ता, आइएमई लिमिटेडको नाममा रहेको ७ लाख ५० हजार कित्ता र हाथवे इन्भेस्टमेन्टको नाममा रहेको ६ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको थियो। उक्त शेयरमा चैत १२ गतेसम्म काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्न सकिने व्यवस्था गरिएको थियो। सोही शेयर आज ब्रोकर नं. ४२ बाट बेचिएको छ भने ब्रोकर नं. ४९ बाट खरिद गरिएको छ।

नेपाल रिइन्स्योरेन्सको शेयर बेचेर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र हाथवेलाई फाइदा भएको छ। यी दुवै कम्पनीको आम्दानी बढेसँगै नाफा पनि बढ्ने देखिएको हो। आइपीओ ल्याउने तयारी गरिरहेको आइएमई लिमिटेडको कमाइ पनि बढ्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS