IME Life New

साताको पहिलो दिन सुखद् सुरुआत गरेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौै । लगातार ओरालो लागिरहेको शेयर बजारले यो साताको पहिलो कारोबार दिन आइतबार सुखद् सुरुआत गरेको छ। नेप्से परिसूचक आज दोहोरो अंकले बढेको हो। नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा १९० कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ४८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज कारोबार पनि सवा ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। नेप्सेमा सूचीकृतमध्ये ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता शेयर ४ अर्ब २५ करोड ६६ लाख ७८ हजार रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ९५ करोड २० लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १९ करोड ४ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफः ११ करोड २९ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ९ करोड ९३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ८ करोड ७९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ७० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३२ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ६ करोड १४ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ५ करोड ५१ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ५ करोड १९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS