IME Life New

थ्रीस्टार हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, हकप्रद र लगानी मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले आउँदो वैशाख २३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा भक्तपुरको गट्ठाघरस्थित जर्मन होम्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले मुख्य अजेन्डाका रुपमा पेस गरिने हकप्रद शेयर निष्कासनको प्रस्ताव अनुमोदन गर्नेछ। उपयुक्त नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्वका लागि २ जनाको निर्वाचन पनि सभाले गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक र आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ वैशाख ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS