IME Life New

माइक्रोका लगानीकर्ता मालामाल, यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा ९ लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयरमा लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरु मालामाल भएका छन्। नेप्से परिसूचक यो साता ३५.५९ अंकले घटे पनि उच्च रिटर्न दिने १० शीर्ष कम्पनीमा ९ वटा लघुवित्त छन् भने एउटा मात्रै जलविद्युत कम्पनी रहेको छ।

यो साता सर्वाधिक रिटर्न दिनेमा गुराँस लघुवित्त रहेको छ। यो लघुवित्त यो साता शेयरधनीहरुलाई ५०.० प्रतिशतसम्म रिटर्न दिएको छ। अघिल्लो साता बिहीबार प्रतिकित्ता १३१७ रुपैयाँ रहेको यो लघुवित्तको शेयरभाउ यो साता बिहीबार १९७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

Esewa
Crest

यसैगरी दोस्रो उच्च रिटर्न दिनेमा पनि लघुवित्त संस्था नै रहेको छ। विन नेपाल लघुवित्तका शेयरधनीहरुले ३५.०४ प्रतिशत रिटर्न पाएका हुन्। यो साता बिहीबार यो लघुवित्तको शेयरभाउ १५३० रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबार ११३३ रुपैयाँ थियो।

मानुषी लघुवित्त उच्च रिटर्न दिने तेस्रो संस्था हो। गत बिहीबार ८९३ रुपैयाँ शेयरभाउ रहेकोमा यो साता बढेर १०९७.८० रुपैयाँ पुगेको छ। यो हिसाबले शेयरधनीहरुले एकैसातामा यो लघुवित्तबाट २२.९३ प्रतिशत रिटर्न पाएका छन्।

यस्ता छन् उच्च रिटर्न दिने अन्य ७ कम्पनी

  • गणपति लघुवित्तः अन्तिम कारोबार मूल्य ११८६.७० रुपैयाँ (१६.३४ प्रतिशत रिटर्न)
  • मनकामना स्मार्ट लघुवित्तः अन्तिम कारोबार मूल्य ९४९ रुपैयाँ (१५.८७ प्रतिशत रिटर्न)
  • माई खोला हाइड्रोपावरः अन्तिम कारोबार मूल्य ४३६ रुपैयाँ (१६.६५ प्रतिशत रिटर्न)
  • महुली लघुवित्तः अन्तिम कारोबार मूल्य ११६० रुपैयाँ (१५.४१ प्रतिशत रिटर्न)
  • विजय लघुवित्तः अन्तिम कारोबार मूल्य ७८० रुपैयाँ (१५.०४ प्रतिशत रिटर्न)
  • सपोर्ट लघुवित्तः अन्तिम कारोबार मूल्य १३९५ रुपैयाँ (१४.०६ प्रतिशत रिटर्न)
  • श्रृजनशील लघुवित्तः अन्तिम कारोबार मूल्य ११०१ रुपैयाँ (१३.०४ प्रतिशत रिटर्न)

नेप्से घट्दा यो साता बजार पुँजीकरण पनि घटेको छ। अघिल्लो साता बिहीबार ३२ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यो साता बिहीबार घटेर ३१ खर्ब ७७ अर्ब ६७ करोड रुपैयाँमा खुम्चिएको छ। यस हिसाबले लगानीकर्ताले यो साता ५० अर्ब ८ करोड रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS