IME Life New

नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद ल्याउने म्याद टर्यो, अब फेरि अनुमति लिनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ल्याउने भनेको सतप्रतिशत हकप्रद शेयरको निष्कासन म्याद टरेको छ।

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई गत पुस १९ गते हकप्रद शेयर निष्कासनको अनुमति दिएको थियो। तर, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ (सातौँ संशोधन) बमोजिम यो बैंकले आफ्ना शेयरधनीहरुलाई हकप्रद निष्कासन गर्न नसकेको हो।

Esewa
Crest

उक्त नियमावलीको नियम ४४ मा साधारण शेयरको सार्वजनिक निष्कासन खुला गरिसक्नुपर्ने अवधि उपनियाम (१) धितोपत्र बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट २ महिनाभित्र संगठित संस्थाले धितोपत्रको बिक्री खुला गरिसक्नुपर्ने व्यवस्था छ। (२) उपनियम (१) बमोजिम धितोपत्रको बिक्री खुला गर्दा लामो सार्वजनिक बिदा पर्ने वा एकै समयमा धेरै धितोपत्र निष्कासन भएको अवस्था आउन नदिन सतर्कता अपनाउनुपर्ने व्यवस्था छ।

यसैगरी (३) उपनियम (१) बमोजिमको अवधिभित्र धितोपत्र निष्कासन गर्न नसकिएमा उक्त अवधिमा संगठित संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय उल्लेख गरी विवरणमा संशोधन गर्नुपर्नेछ। (४) उपनियम (३) बमोजिम संशोधित विवरण धितोपत्र बोर्डबाट स्वीकृत गराएरमात्र निष्कासन खुल्ला गर्नुपर्नेछ।

यो नियमावलीअनुसार अब नारायणी डेभलपमेन्ट बैंकले फेरि धितोपत्र बोर्डबाट हकप्रद निष्कासनका लागि अनुमति लिनुपर्ने हुन्छ। यसका साथै अब संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय उल्लेख गरी विवरणमा संशोधन गर्नुपर्ने हुन्छ।

धितोपत्र बोर्डबाट बैंकले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको थियो। बैंकको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS