IME Life New

नेप्से साढे ३५ अंकले घट्दा लगानीकर्ताले गुमाए ५० अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा यो साता ५ दिन कारोबार भएको छ। पाँचै दिन बजार ओरालो लागेको छ।

यो साता बिहीबार नेप्से परिसूचक घटेर २००४.०५ को विन्दुमा बन्द भएको छ। अघिल्लो साता बिहीबार नेप्से परिसूचक २०३५.६४ को विन्दुमा बन्द भएको छ। यो हिसाबले यो साता नेप्से परिसूचक ३५.५९ अंकले घटेको छ।

Esewa
Crest

साताभरि बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा घटेका छन् भने २ वटा बढेका छन्। यो साता होटेल तथा पर्यटन र लघुवित्त समूहमात्रै बढेको छ।

यो साता बैंकिङ, होटेल हाइड्रोपावर, विकास बैंक, उत्पादन तथा प्रशोधन समूह, निर्जीवन बीमा समूह, वित्त समूह, व्यापार समूह, जीवन बीमा समूह, म्युचुअल फन्ड समूह र लगानी समूह घटेका छन्।

नेप्से घट्दा यो साता बजार पुँजीकरण पनि घटेको छ। अघिल्लो साता बिहीबार ३२ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यो साता बिहीबार घटेर ३१ खर्ब ७७ अर्ब ६७ करोड रुपैयाँमा खुम्चिएको छ। यस हिसाबले लगानीकर्ताले यो साता ५० अर्ब ८ करोड रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS