काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ७३ अंकले घटेर २,००४ को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।
पिपुल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव २४ प्रतिशतका दरले गुमाएका छन् ।