IME Life New

पिपुल्स पावरले बैशाख १७ गते दुई आर्थिक वर्षको साधारणसभा गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावर लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा बैशाख १७ गते गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८र७९ आर्थिक वर्ष २०७९/८० को साधारणसभा गर्न लागेको हो । सभाले २०७८/०७९ र २०७९/०८० को सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८० / ८१ लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लेखा परिक्षकको नियूक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले संस्थापक समुहबाट १ जना महिला सहित ५ जना र सर्वसाधारण समुहबाट १ जना सञ्चालकको नियुक्ति र निर्वाचन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेका मध्येबाट १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने, चालकहरुको बैठक भत्तातथा सुविधा निर्धारण, संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा १ शेयर बराबर ०.५ का दरले (६३,२६,००० कित्ता शेयरको ५० प्रतिशत ३१,६३,००० कित्ता बराबर) हकप्रद शेयर निष्काशनको लागि स्वीकृती प्रदान गर्नेछ । सभाले हकप्रद शेयर वितरण पश्चात् कम्पनीको पूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि पूँजी बृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफाहरुमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले हकप्रद शेयर जारी गर्दा अन्य आवश्यक कुरा फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा हुने संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यलय तथा नियामक निकायबाट आवश्यक थपघट वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पातिर गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS