IME Life New

श्वेत गंगा हाइड्रोपावरबाट बाहिरिँदै डोल्मा इम्प्याक्ट, ३८.५१ लाख कित्ता शेयर बेच्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोल्मा इम्प्याक्ट फन्ड–आई सबै शेयर बेचेर श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनबाट बाहिरिने भएको छ। कम्पनीले श्वेत गंगा हाइड्रोपावरमा रहेको शेयर बेच्न अनुमति पाएको हो।

श्वेत गंगा हाइड्रोपावरमा डोल्मा इम्प्याटको ३८ लाख ५१ हजार कित्ता शेयर रहेको छ। यसको लकइन अवधि गत फागुन २ गते सकिएको थियो। अब यो शेयर बेचेर डोल्मा इम्प्याट श्वेत गंगा हाइड्रोपावरबाट बाहिरिनेछ।

Esewa
Crest

आफ्नो शेयर खरिदबिक्री गर्न उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट डोल्मा इम्प्याटले सैद्धान्तिक सहमति प्राप्त गर्नुपर्छ। यसका लागि श्वेत गंगा हाइड्रोपावरको सञ्चालक समितिले सहमति दिनुपर्छ । यसका लागि डोल्मा इम्प्याटले चैत २० निवेदन दिएको थियो।

सोही निवेदनबमोजिम श्वेत गंगा हाइड्रोपावरको सञ्चालक समितिले डोल्मा इम्प्याक्टलाई आफ्ना नाममा रहेको शेयर बेच्न सहमति प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS