IME Life New

चैत २९ बाट ११.३५ लाख कित्ता शेयर बिक्री गर्दै रिडी पावर, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी पावर कम्पनीको अवितरित ११ लाख ३५ हजार बढी कित्ता हकप्रद शेयर चैत २९ गतेबाट बिक्रीमा राखिने भएको छ। कम्पनीको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासनका क्रममा बिक्री हुन बाँकी ११ लाख ३५ हजार ६५७ शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो।

यो शेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ९ गतेसम्म तोकिएको छ।

Esewa
Crest

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि खरिद आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।

दोस्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७८ रुपैयाँमा भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS