काठमाडौं । शेयर बजार बुधबार पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ को विन्दुमा झरेको छ।
बजार घट्दा १३२ कम्पनीको शेयरभाउ घटेको छ भने १०३ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृत ३२२ कम्पनीका ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- सूर्यज्योति लाइफः २५ करोड ८० लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः १२ करोड ६७ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः ११ करोड ७७ लाख रुपैयाँ
- शिवम सिमेन्टः ९ करोड ३ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ५ करोड ९२ लाख रुपैयाँ
- पिपुल्स पावरः ४ करोड ४० लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ४ करोड ३८ लाख रुपैयाँ
- घोराही सिमेन्टः ३ करोड २४ लाख रुपैयाँ
- अपर तामाकोशीः २ करोड ८८ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः २ करोड ७८ लाख रुपैयाँ