IME Life New

बैंकहरुमा साढे ३ अर्ब रुपैयाँ लगानी गर्दै वैदेशिक रोजगार विभाग, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले बैंकहरुको मुद्दति निक्षेपमा साढे ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विभागले आज एक सूचना जारी गर्दै ३ अर्ब ५३ करोड रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी गराएको छ।

विभागले यसअघि धरौटीबापतको उक्त रकम वाणिज्य बैंकहरुमा १ वर्षका लागि मुद्दति निक्षेपका रुपमा राखेको थियो। यो मुद्दति निक्षेपको परिपक्व अवधि २०८१ वैशाख ५ गतेबाट सकिँदैछ।

Esewa
Crest

विभागले सोही रकम पुनः १ वर्षका लागि वाणिज्य बैंकहरुका राख्न लागेको हो। यसका लाग लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गरी विभागको वेबसाइटबाट दरभाउ फराम डाउन लोड गरी यही चैत २६ गते दिउँसो ३ बजेभित्र विभागको आर्थिक प्रशासन शाखामा पेस गर्न सूचनामा आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS