काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ को विन्दुमा बन्द भएको छ।
सामान्य घटेको बजारमा आज १०९ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १२७ कम्पनीको शेयरभाउ घट्दा ८ वटाको स्थिर रहेको छ।
बजारमा आज ३१२ कम्पनीका ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- गोर्खाज फाइनान्सः १४ करोड ९८ लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः ९ करोड ५७ लाख रुपैयाँ
- तारागाउँ रिजेन्सी होटेलः ७ करोड ४८ लाख रुपैयाँ
- एनआईएमबी डिबेन्चर९०ः ६ करोड २ लाख रुपैयाँ
- सूर्यज्योति लाइफः ५ करोड ५४ लाख रुपैयाँ
- शिवम सिमेन्टः ५ करोड ५३ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ४ करोड ६३ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ४ करोड ४८ लाख रुपैयाँ
- पिपुल्स पावरः ३ करोड ८४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ३ करोड ८४ लाख रुपैयाँ