काठमाडौं । शेयर बजार सोमबार पनि ओरालो लागेको छ। नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ को विन्दुमा बन्द भएको छ।
आज बजार घट्दा ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १५१ कम्पनीको शेयरभाउ घटेको छ। आठ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। सर्वाधिक कारोबार सर्वोत्तम सिमेन्टको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- सर्वोत्तम सिमेन्टः ४७ करोड २९ लाख रुपैयाँ
- शिवम सिमेन्टः ११ करोड रुपैयाँ
- गोर्खाज फाइनान्सः ९ करोड ९९ लाख रुपैयाँ
- पिपुल्स पावरः ५ करोड ७९ लाख रुपैयाँ
- माया खोला हाइड्रोपावरः ५ करोड ६० लाख रुपैयाँ
- सोनपुर मिनरल्सः ५ करोड ४४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ४ करोड ९८ लाख रुपैयाँ
- रिभर फल्स पावरः ४ करोड ६७ लाख रुपैयाँ
- माई खोला हाइड्रोपावरः ४ करोड १९ लाख रुपैयाँ
- मनकामना इन्जिनियरिङ हाइड्रोपावरः ४ करोड १९ लाख रुपैयाँ