IME Life New

नेप्सेका लागि आयो सुखद् खबर, बेलायती स्टक एक्सचेन्जले ३०% लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनाको कुरा लामो समय उठ्दै आएको छ। स्वयं नेप्सेले नै पुनर्संरचनासम्बन्धी प्रतिवेदन तयार पारेर अर्थ मन्त्रालय पेस गरेको लामो समय भइसक्यो। तर, अहिलेसम्म सरकारले यस विषयमा कुनै चासो दिएको छैन।

नेप्सेका लागि अब भने एउटा सुखद् खबर बाहिर आएको छ। नेप्सेमा बेलायती स्टक एक्सचेन्जले लगानी गर्ने भएको छ। बेलायती स्टक एक्सचेन्जले लगानी गर्ने भएपछि नेप्सेको मुहारै फेरिने नेप्सेकै एक अधिकारीले जानकारी दिए। ‘बेलायती स्टक एक्सचेन्ज र नेप्सेबीच यस विषयमा लामो समयदेखि छलफल भइरहेको थियो’, ती अधिकारीले भने, ‘अहिले भने डिल लगभग पक्काजस्तै भएको छ।’

Esewa
Crest

रमेशकुमार हमालको पालामा धितोपत्र बोर्डले नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटिजको लाइसेन्स दिन आवेदन खुला गरेको थियो। नयाँ ब्रोकरहरुले लाइसेन्स पाए पनि स्टक एक्सचेन्ज र कमोडिटिजको लाइसेन्स भने वितरण हुन सकेन। सरकारले नै नयाँ स्टक एक्सचेन्जको प्रक्रिया रोकेको छ।

बेलायती स्टक एक्सचेन्जले नेप्सेमा लगानी गर्यो भने सम्भावित नयाँ स्टक एक्सचेन्जसँग प्रतिस्पर्धा गर्न सक्ने ती अधिकारीको दाबी छ। ‘बेलायती स्टक एक्सचेन्जले ३० प्रतिशत लगानी गर्ने प्रस्ताव गरेको छ। यो लगानी भित्रियो भने नेप्सेले भौतिक पूर्वाधारदेखि अन्तर्राष्ट्रिय बजारमा थुप्रै फिचरहरु थप्न सक्छ, यसले गर्दा लगानीकर्तालाई कारोबार गर्न पनि सहज हुन्छ’, ती अधिकारीले भने, ‘अरु नयाँ स्टक एक्सचेन्ज आए पनि प्रतिस्पर्धा गर्न सहज हुनेछ।’

बेलायती स्टक एक्सचेन्जबाट लगानी भित्रिएको १ वर्षभित्र सर्वसाधारणका लागि चुक्तापुँजीको ३० प्रतिशत आइपीओ पनि ल्याउने ती अधिकारी जानकारी दिए।

(माथि उल्लेखित समाचारमा कुनै सत्यता छैन। आज अप्रिल १ हो। यो दिनलाई विश्वभर ‘अप्रिल फुल’का रुपमा मनाइन्छ। अर्थात् हुँदै नभएको कुरा गरेर मानिसहरुलाई बेवकुफ बनाउने परम्परा छ। यो हजिमजाक र रमाइलोका लागि पनि मनाइन्छ। त्यसैले हाम्रा पाठकलाई रमाइलो होस् भनेर यो समाचार तयार गरेका हौँ। अन्यथा नलिइदिनुहोला ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

9%
sad

दु :खी

6%
amazed

अचम्मित

9%
excited

उत्साहित

37%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS