काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ को विन्दुमा झरेको हो।
बजार घट्दा ६३ कम्पनीको शेयरभाउ बढेको छ भने १७२ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
घटेको बजारमा आज ३ अर्ब २० करोड रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार सर्वोत्तम सिमेन्टको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- सर्वोत्तम सिमेन्टः २८ करोड ६८ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः १२ करोड ५६ लाख रुपैयाँ
- शिवम सिमेन्टः ११ करोड ५५ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ९ करोड ५८ लाख रुपैयाँ
- रिभर फल्स पावरः ९ करोड रुपैयाँ
- सोनापुर मिनरल्सः ८ करोड ९९ लाख रुपैयाँ
- हिमालयन ऊर्जाः ७ करोड ५५ लाख रुपैयाँ
- पिपुल्स पावरः ७ करोड २२ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ६ करोड २४ लाख रुपैयाँ
- अप्पर लोहोरे खोला हाइड्रोपावरः ५ करोड १६ लाख रुपैयाँ