IME Life New

यो साता यी १० कम्पनीका शेयरले लगानीकर्तालाई बनाए मालामाल, कसले कति दिए रिटर्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजार सामान्य अंकले ओरालो लागेको छ। यो साता ४ दिन शेयर बजार खुलेको थियो। जसमा दुई दिन बजार बढ्यो भने दुई दिन घटेको छ। यो साता नेप्से परिसूचक १२.९३ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २०३५.६४ को विन्दुमा झरेको छ। अघिल्लो साता बिहीबार नेप्से परिसूचक २०४८.५७ को विन्दुमा बन्द भएको थियो।

गत साता नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँ थियो। यो साता कुल बजार पुँजीकरण ३२ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। यो हिसाबले लगानीकर्ताले यो साता २० अर्ब ४९ करोड रुपैयाँ गुमाएका छन्।

Esewa
Crest

बजार घटे पनि यी १० कम्पनीले भने लगानीकर्तालाई मालामाल बनाएका छन्। सर्वाधिक रिटर्न दिने कम्पनीमा सर्वोत्तम सिमेन्ट रहेको छ। यो कम्पनीले लगानीकर्तालाई यो सातामात्रै सबैभन्दा ४६.३३ प्रतिशत रिटर्न दिएको छ। अघिल्लो साता बिहीबार प्रतिकित्ता ७३९.९० रुपैयाँ बन्द भएको यो कम्पनी शेयरभाउ यो साता बिहीबार प्रतिकित्ता १०८२.७० रुपैयाँ पुगेको छ।

यसैगरी पिपुल्स पावर कम्पनीले यो साता लगानीकर्ताहरुलाई २५.६० प्रतिशत रिटर्न दिएको छ। अघिल्लो साता बिहीबार प्रतिकित्ता ४१४ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको शेयर यो साता बिहीबारसम्म बढेर ५२० रुपैयाँ पुगेको छ।

तेस्रो सर्वाधिक रिटर्न दिने कम्पनीमा रिभर फल्स पावर रहेको छ। अघिल्लो साता बिहीबार यो कम्पनीको शेयर प्रतिकित्ता ३८१ रुपैयाँमा किनबेच भएको थियो। यो साता बिहीबार प्रतिकित्ता ४५५ रुपैयाँ पुगेको छ।

त्यस्तै यो साता दोल्ती पावरले १७.४० प्रतिशत, हिमालयन हाइड्रोपावरले १४.९१ प्रतिशत, अप्पर लोहरे खोला हाइड्रोपावरले १२.०६ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरले ११.०२ प्रतिशत, बोटलर्स नेपालले १०.१४ प्रतिशत, सामलिङ पावरले ९०७ प्रतिशत र मेन्छियम हाइड्रोपावरले ८.९० प्रतिशत रिटर्न दिएका छन्। दोल्तीको शेयरभाउ प्रतिकित्ता ३७३ रुपैयाँबाट बढेर ४३७ रुपैयाँ, हिमालयन हाइड्रोपावरको ३३४ रुपैयाँबाट बढेर ३८३ रुपैयाँ, अप्पर लोहरेको ३१६.८० रुपैयाँबाट बढेर ३५५ रुपैयाँ, थ्रीस्टार हाइड्रोपावरको ४९० रुपैयाँबाट बढेर ५४४ रुपैयाँ, बोटलर्स नेपालको १६ हजार ६१५ रुपैयाँबाट बढेर १८ हजार ३०० रुपैयाँ, सामलिङ पावरको ५४० रुपैयाँबाट बढेर ५८९ रुपैयाँ र मेन्छियम हाइड्रोपावरको ३२६ रुपैयाँबाट बढेर ३५५ रुपैयाँ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS