IME Life New

मागदाबी पेस गर्न लालीगुराँस सहकारीका बचतकर्तालाई आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न आह्वान गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज एक सूचना प्रकाशित गर्दै ललितपुर पुल्चोकस्थित लालीगुराँस सहकारीका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न आह्वान गरेको हो। का लागि ३५ दिनभित्रको समयसीमा दिइएको छ।

Esewa
Crest

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समिति समक्ष लेखी आएको सूचनामा उल्लेख छ। ‘सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकमको यस समितिको वेबसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फत स–प्रमाण दाबी पेस गर्न आह्वान गरिएको छ’, सूचनामा भनिएको छ।

गत फागुन २९ गते सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै संस्थाको सम्पत्ति र दायित्व फर्छ्योट गर्न समितिमा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS