IME Life New

कालाधन सँगै उधारो बीमामा प्राधिकरणको थप कडाई, पालना होला त निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमालेखको माध्यमबाट अवैध सम्पत्ती शुद्धिकरण भईरहेको प्रमाणका आधारमा नेपाल बीमा प्राधिकरणले नियन्त्रणका लागि बिहीबार सबै जीवन बीमकको नाममा थप निर्देशनहरु जारी गरेको छ। प्राधिकरणले दुई बुँदे निर्देशनमार्फत् नगद कारोबार गर्दा र बीमाशुल्क रकम भुक्तानी लिंदा पूर्ण सावधानी अपनाउन निर्देशन दिएको हो।

जीवन बीमा कम्पनीले बीमालेख बिक्री गर्दा वा नविकरणको लागि नगद कारोबार गर्दा बीमित, बीमायोग्य हित भएका व्यक्ति वा अभिकर्ता बाहेक अन्य कसैसँग कारोबार गर्न नपाउने भएका छन् । प्राधिकरणले १ लाख रुपैयाँसम्मको बीमाशुल्क वापतको रकम मात्र नगद माध्यमबाट संकलन गर्न पुनः सचेत गराएको छ। यसैगरी यस्तो नगद रकम आफ्नो कार्यालयमा बीमित, प्रस्तावक, बीमायोग्य हित भएको व्यक्ति वा अभिकर्ताबाट मात्र संकलन गर्न निर्देशन दिएको छ।

Esewa
Crest

यसबाहेक १ लाख रूपैयाँभन्दा बढी रकमको बीमाशुल्क बैंक चेकमार्फत् वा सिधै बैंक खातामा जम्मा भएको अवस्थामा मात्र स्वीकार्न समेत प्राधिकरणले निर्देशन दिएको छ। प्राधिकरणको निर्देशन अनुसार १ लाख रुपैयाँभन्दा माथिको रकम बीमितबाट प्राप्त गर्दा प्रस्तावक, बीमा धारक (बीमित),बीमायोग्य हित भएको व्यक्ति वा संस्थाको बैंक खाताबाट अकाउण्ट पेयी चेक वा विद्युतीय माध्यमबाट गरिएको भुक्तानी वा सम्बन्धित बीमायोग्य हित भएको व्यक्तिको नामबाट बैंकमा जम्मा गरिएको बैंक भौचरबाट मात्र लिन पाउने भएका छन् । बैंक भौचरको आधारमा बीमालेख जारी गर्नुपूर्व जीवन बीमकले आफ्नो बैंक खातामा रकम प्राप्त भई सकेको सुनिश्चित गरेर मात्र बीमालेख जारी गर्नुपर्नेछ।

एक लाख रुपैयाँभन्दा बढीको रकम नगद भुक्तानी लिन नपाइने कानूनी प्रावधान प्रति प्राधिकरणले पटक पटक बीमकलाई सचेत गराउँदै आएपनि विशेष गरी महिनाको अन्त्य र असार मसान्तमा अधिकांश जीवन बीमकले आँखा चिम्लेर जतिसुकै रकम नगदै भुक्तानी स्वीकार्ने गरेका छन् । रकम नगद भुक्तानी लिएर बीमालेख जारी गर्ने र बीमालेख जारी गरि सकेपछि बीमित वा अभिकर्ताको नामबाट बैंक खातामा रकम जम्मा गर्ने कार्य भई रहेको प्राधिकरणले पटक पटकको अनुगमनको क्रममा फेला पारेको छ।

यसैगरी बैंक खातामा बीमाशुल्क वापतको रकम भुक्तानी प्राप्त नहुँदै बीमालेख जारी गरेको प्रकरणमा पनि प्राधिकरणले कारवाहीको चेतावनी दिएको छ। प्राधिकरणले नेपाल लाइफमा स्थलगत सुपरिवेक्षणका क्रममा बीमाशुल्क प्राप्त हुनु दुई देखि तीन दिन अगावै नयाँ बीमालेख जारी भएको प्रमाण फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS