काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ७८ प्रतिशतले बढेर २,०३५ को विन्दुमा भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको शेयर काारेबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तमको सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १६ करोड १९ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ११ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।