IME Life New

फेरि अर्को सहकारी समस्याग्रस्त घोषित, बचतकर्ताको रकम फिर्ता नगर्दा कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले फेरि अर्को एउटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो।

सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने गौतमश्री सहकारीमाथि सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकोले कारबाही गरिएको हो। सहकारी विभागको सिफारिसमा गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ।

Esewa
Crest

उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS