IME Life New

खराब कर्जा र त्यसको जोखिमको आधारमा कस्तो छ एनआईसी एशियाको अवस्था ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय कर्जा असुलीमा समस्या आउँदा बैंकहरूको खराब कर्जा बढ्दो क्रममा छ । खराब कर्जा बढ्दा बैंकरहरू तनावमा छन् । तर, खराब कर्जा बढ्दा जति त्रास फैलिएपनि त्यसको जोखिम भने नबढेको तथ्यांकले देखाएको छ ।

बैंकहरुले कर्जा नोक्सानी व्यवस्था नगरेको खराब कर्जा न्यून भएसंगै जोखिम पनि सामान्य रहेको तथ्यांकले देखाएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा कुल कर्जाको ३.६३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुको खराब कर्जा बढेको भएपनि कर्जा जोखिम व्यवस्था नगरेको कर्जा कुल कर्जाको १.१३ प्रतिशत मात्रै रहेको छ ।

Crest

पछिल्लो समय बैंकको अवस्था बिग्रिएको भन्दै एनआईसी एशिया बैंकबारे विभिन्न टिकाटिप्पणी भएका थिए । तर यस बैंकको पनि खराब कर्जाको जोखिम निकै न्यून रहेको देखिन्छ । तथ्यांक अनुसार, एनआईसी एशियाको खराब कर्जा अनुपात (एनपीएल) १.१९ प्रतिशत रहेको छ । तर उसको नेट एनपीएल अर्थात् प्रोभिजनिङले समेट्न नसकेको खराब कर्जा अनुपात ०.४५ प्रतिशत मात्रै छ । यसरी हेर्दा यस बैंकको खराब कर्जाको जोखिम धेरै छैन ।

२० वाणिज्य बैंकहरु मध्ये ९ को खराब कर्जा ४ प्रतिशत भन्दा धेरै छ । धेरै खराब कर्जा भएका ९ बैंकहरु मध्ये कुमारी बैंक सबैभन्दा सबल देखिएको छ । अन्य बैंकको तुलनामा कर्जा जोखिम व्यवस्था नभएको खराब कर्जा कुमारीको सबैभन्दा थोरै देखिएको छ । सबै बैंकहरुको खुद निष्क्रिय कर्जालाई तुलना गर्दा कुमारी बैंकको र्यान्क (Rank) थोरै हुनेमध्ये शीर्ष ४ मा रहेको छ ।

बैंकहरुले प्रकाशित गर्ने कुल एनपीएल कर्जा जोखिम व्यवस्था गरेको र नगरेको दुबैको योगफल रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ती अधिकारीहरूका अनुसार, खुद खराब कर्जामा जोखिम व्यवस्था बापतको रकम नछुट्याएको कर्जा हो । खराब कर्जा धेरै हुँदैमा समस्या हुदैन । यस्तो कर्जाको नोक्सानी व्यवस्था गरेको हुन्छ । कर्जा नोक्सानी व्यवस्था नगरेको खराब कर्जा बढ्यो भने समस्या हुने राष्ट्र बैंकका ती अधिकारी बताउँछन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल बैंकको ४.५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.७५, हिमालयन बैंकको ४.९४, कुमारी बैंकको ४.९७, लक्ष्मी सनराइज बैंकको ४.६७, ग्लोबल आइएमई बैंकको ४.६८, प्रभु बैंकको ४.९०, प्राइम कमर्सियल बैंकको ४.०७ र सिटिजन्स बैंक इन्टरनेशनलको ४.०७ प्रतिशत खराब कर्जा रहेको छ । यो अवधिमा कुमारी बैंकको सबैभन्दा धेरै खराब कर्जा देखिएको छ । तर, कुमारी बैंकको धेरै खराब कर्जा भएपनि अधिकांश कर्जाको नोक्सानी व्यवस्था गरेको छ । सो अवधिमा कर्जा नोक्सानी गरेकाले खुद खराब कर्जा अर्थात कर्जा नोक्सानी नभएको कुल खराब कर्जा ०.६७ प्रतिशत मात्र देखिएको छ ।

तर, सिटिजन्स बैंकको सबैभन्दा धेरै कर्जा नोक्सानी नगरीएको खराब कर्जा छ । केन्द्रीय बैंकका अनुसार सिटिजन्सको कुल कर्जाको १.९१ प्रतिशत नोक्सानी व्यवस्था नगरीएको खराब कर्जा रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा सिटिजन्स बैंकको कुल खराब कर्जा ४.०७ प्रतिशत रहेको छ । कुल खराब कर्जा मध्ये बैंकले करिब आधाको कर्जा नोक्सानी नगरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS