IME Life New

नेपाल रिको पौने २ लाख बढी कित्ता शेयरमा खरिद आवेदन दिने म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनीको बिक्रीमा राखिएको पौने २ लाख बढी कित्ता शेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको छ।

ग्लोबल आइएमई क्यापिटलको स्वामित्वमा रहेको नेपाल रिको १ लाख ८७ हजार ४३४ कित्ता संस्थापक शेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको हो। लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको यो शेयरमा अब चैत २२ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। यसअघि गत फागुन ८ गतेबाट यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो। चैत १२ गतेसम्म आवेदन दिने म्याद रहेकोमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि म्याद थप गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS