काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर २,०४१ को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सोनापुर मिनरल्सको ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको ८ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशमलव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।