IME Life New

नेपाल रिबाट बाहिरिए आइएमई ग्रुपका कम्पनीहरु, बेचे ३४ लाख कित्ता शेयर, कसले किन्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिइन्स्यारेन्स कम्पनीको ३४ लाख कित्ता शेयर बेचेर आइएमई ग्रुपका कम्पनीहरु बाहिरिएका छन्। नेपाल रिको संस्थापक शेयर बेचेर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लिमिटेड र हाथवे इन्भेस्टमेन्ट कम्पनी बाहिरिएका हुन्। यी कम्पनीको नाममा रहेको ३४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री गरिएको हो।

गत फागुन ८ गतेबाट नेपाल रिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाममा रहेको २० लाख कित्ता, आइएमई लिमिटेडको नाममा रहेको ७ लाख ५० हजार कित्ता र हाथवे इन्भेस्टमेन्टको नाममा रहेको ६ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको थियो। उक्त शेयरमा हिजो चैत १२ गतेसम्म काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्न सकिने व्यवस्था गरिएको थियो।

Esewa
Crest

यी शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको थियो। हिमालयन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २८० रुपैयाँमा नेपाल रिको ३४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत किनेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS