IME Life New

बीमकले अब यी ७ क्षेत्रमा गरिएको लगानी रकम वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुले विभिन्न ७ क्षेत्रमा गरिएको लगानी रकम आफ्नो वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने भएको छ।

प्राधिकरणले इजाजतपत्र प्राप्त सम्पूर्ण बीमकका नाममा एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशन, २०८० लाई प्रथम संशोधन गर्दै यो व्यवस्था गरिएको प्राधिकरणद्वारा जारी निर्देशनमा उल्लेख छ।

Esewa
Crest

अब सम्पूर्ण बीमकले जलविद्युत तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा, कृषि, केबलकार, शिक्षा र स्वास्थ्य, घरजग्गा व्यवसाय र प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा गरेको लगानी रकम आफ्नो वितरणयोग्य मुनाफाबाट घटाउनुपर्नेछ।

यो निर्देशन तुरुन्त प्रारम्भ हुनेछ। यो निर्देशनको दफा १६ मा संशोधन गर्दै प्राधिकरणले (३) उपदफा (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले जलविद्युत तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा, कृषि, केबलकार, शिक्षा र स्वास्थ्य, घरजग्गा व्यवसाय र प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड क्षेत्रमा लगेको लगानी रकम वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने व्यवस्था गरेको हो।

जलविद्युत तथा सार्य ऊर्जा क्षेत्र

(क) बीमकले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ५ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने छ।

(ख) जलविद्युत परियोजनाको आवश्यक व्यावसायिक सञ्चालन मिति लगानी गरेको मितिले ५ वर्षभन्दा पछि भएको अवस्थामा आवश्यक व्यावसायिक सञ्चालन मितिभित्र लगानी गरेको कम्पनी सूचीकृत नभएमा बीमकले यस क्षेत्रमा भएको लगानी रकमलाई वितरणयोग्य मुनाफाबाट घटाउनुपर्नेछ।

पर्यटन तथा वायुसेवा क्षेत्र

बीमकले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ५ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने छ।

कृषि क्षेत्र

(क) बीमकले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ५ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने छ।

(ख) ५ करोड वा सोभन्दा कम पुँजी लगानी भएको खण्डमा बीमकले लगानी गरेको ३ वर्ष अवधिपञ्चात उक्त कम्पनी खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीमा गरेको लगानी रकमलाई नोक्सानी भएको आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने छ।

केबलकार क्षेत्र

बीमकले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ६ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने छ।

शिक्षा र स्वास्थ्य क्षेत्र

(क) बीमकले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ५ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने छ।

(ख) बीमकले लगानी गर्नुपूर्व नै सञ्चालनमा रहेको संस्थाको हकमा उक्त कम्पनी सूचीकृत नहुन्जेल लगानी गरेको मितिले २ वर्षपश्चात उक्त संस्था खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीमा गरेको लगानी रकमलाई नोक्सानी भएको आर्थिक वर्षमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ।

घरजग्गा व्यवसाय क्षेत्र

बीमकले घरजग्गा व्यवसाय क्षेत्रमा लगानी रकमलाई परियोजना निर्माण अवधिसम्म उक्त परियोजना सम्पन्न हुन नसकेमा वितरणयोग्य मुनाफा गर्दा घटाउनुपर्नेछ।

प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड क्षेत्र

बीमकले विशिष्टीकृत लगानी कोषबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा गरेको लगानीको लेखांकन गरेको रकमभन्दा उक्त फन्डमा भएको लगानीको खुद सम्पत्ति मूल्य कम भएमा लेखांकनमा गरेको रकम र फन्डमा भएको लगानीको खुद सम्पत्ति मूल्यको फरक रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS