IME Life New

दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेज सञ्चालनको बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति दिन आदेश दिएको हो।

न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। इजलासले यो मुद्दामा रिट जारीको आदेश गरेको छ। यसको अर्थ रिट निवेदनको मागबमोजिम गर्नु भन्ने हुन्छ। फैसलाको पूर्ण पाठ भने आइसकेको छैन।

Esewa
Crest

सर्वोच्च अदालतले रिट निवेदक दुर्गा प्रसाईंको माग गरेअनुसारको फैसला भएको हो। मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र नेपाल सरकारविरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए।

शिक्षा मन्त्रालयले २०६८ माघ १४ गते मेडिकल कलेज सञ्चालनका लागि दिएको आशयपत्र (एलओआई)लाई आधार बनाएर बैंकहरुले दुर्गा प्रसाईंलाई कर्जा दिएका थिए। कर्जा सम्झौतामा बैंक र दुर्गा प्रसाईंबीच विद्यार्थीको पहिलो भर्ना भएपछि प्रथम किस्ता बुझाउने समझदारी भएको थियो। त्यस्तै कर्जा अवधि १५ वर्ष रहने बताइएको थियो।

प्रसाईंले आधा दर्जभन्दा बढी बैंक तथा वित्तीयबाट करिब ६ अर्ब रुपैयाँ कर्जा लिएर बी एन्ड सी मेडिकल कलेजको भौतिक संरचना निर्माण गरेका थिए। तर, उनले सम्बन्धन भने पाएनन्। अब भने दुर्गा प्रसाईंलाई मेडिकल कजेज सञ्चालनको बाटो खुलेको छ।

सर्वोच्चको यो फैसलासँगै अब बैंकहरुको कर्जा असुलउपर गर्न सजिलो हुने भएको छ। सहमतिबमोजिम अब दुर्गा प्रसाईंले बैंकहरुलाई कर्जाको साँवा–ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS