काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ०१ अंकले घटेर २,०३१ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको शेयर मुल्इ बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । तारागाँउ रेजेन्सीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।