काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज १७.०१ अंकले घटेर २०३१.५५ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा २०४ कम्पनीको शेयरभाउमा गिरावट आएको छ भने ३७ कम्पनीको शेयरभाउ मात्रै बढेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब साढे २ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- गोर्खाज फाइनान्सः २८ करोड ९० लाख रुपैयाँ
- शिवम सिमेन्टः १३ करोड ७८ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ८ करोड १३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ६ करोड २९ लाख रुपैयाँ
- घोराही सिमेन्टः ५ करोड ८६ लाख रुपैयाँ
- पिपुल्स पावरः ४ करोड ९१ लाख रुपैयाँ
- अपर तामाकोशीः ४ करोड ५२ लाख रुपैयाँ
- उन्नति सहकार्य लघुवित्तः ३ करोड ६५ लाख रुपैयाँ
- कुमारी बैंकको संस्थापक शेयरः ३ करोड ७ लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः २ करोड ९१ लाख रुपैयाँ