Connect IPS
IME Life

कहाँ आइपुग्यो श्री एयरलाइन्सले किनेको दुईवटा हवाई जहाज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रको तेश्रो ठूलो हवाई सेवा प्रदायक श्री एयरलाइन्सले खरिद गरेको दुईवटा ड्यास एट विमान जर्मनीको म्युनिख विमानस्थलबाट इजिप्टतर्फ प्रस्थान गरेको छ।अमेरिकाको पोर्टल्याण्ड विमानस्थलबाट शनिबार उडान भरेका यी दुबै विमान सोमबार रातिसम्ममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने योजना छ छ।

सोमबार बिहान यो समाचार अपडेट गर्दासम्म दुबै विमान इजिप्टको राजधानी कायरोको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरि सकेको छ।

Prabhu
Crest

एयर लाइन्सका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले अमेरिकाको पोर्टल्याण्डर विमानस्थलबाट विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल हुँदै  उडान भरेर दुबै विमान नेपाल ल्याउँदैछन् ।

साढे १२ हजार किलोमिटर भन्दा लामो दूरीको हवाई दूरी तय गर्नका लागि विमानलाई आवश्यक पर्ने इन्धन भर्नका लागि ठाउँ ठाउँमा विमान अवतरण गर्दै नेपाल आइपुग्न लागेको हो । फ्लाइट राडारका अनुसार अमेरिकाको पोर्टल्याण्ड विमानस्थबाट उडान भरेको दुबै विमान क्यानेडाको गुज बे विमानस्थलमा इन्धन भरेपछि आइसल्याण्डको केइएफ विमानस्थलमा इन्धन भर्नका लागि अवतरण गरेको थियो । त्यहाँ इन्धन भरेर केही समय विश्राम पछि दुबै विमान पुनः उडान भरेर जर्मनीको म्युनिख विमानस्थलमा इन्धन भरेपछि पुनः इजिप्टको कायरोस्थित अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेको थियो ।

लामो दूरीको यात्रा तय गर्नका लागि आवश्यक पर्ने हवाई इन्धन अटाउन सक्ने ट्यांकीको क्षमता यो विमानमा नहुने भएकाले ठाउँ ठाउँमा अवतरण गरेर इन्धन भर्दै उडान भर्नुपरेको हो ।

श्री एयरलाइन्सले हवाई सेवा बिस्तार गर्ने योजनाका साथ ड्यास एट मोडलको टर्बोप्रप विमान अमेरिकी हवाई सेवा प्रदायक होराइजन एयरबाट उत्पादन संकेत नम्बर ४५३२ र ४३५५ को दुईवटा विमान खरिद गरेको हो । नागरिक उड्ययन प्राधिकरणका अनुसार श्री एयरले भित्र्याउन लागेको दुईवटा जहाजलाई क्रमशः  ‘नाइनएन एओके र ‘नाइएन-एओएल’ संकेत चिन्ह प्रदान गरिएका छन् ।

होराइजन एयरको माउ कम्पनी अलास्का एयरले ड्यास एट QS400 मोडलका जहाजहरुबाट हवाई उडान सेवा बन्द गर्ने निर्णय गर्दै यी जहाजहरुबाट अन्तिम पटक एक वर्ष अघि जनवरी २०२३ मा उडान भरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

15%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

3%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS