IME Life New

श्री एयरलाइन्सले नेपाल भित्र्याउन लागेको दुईवटा जहाज सोमबार आइपुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको तेश्रो ठूलो हवाई सेवा प्रदायक श्री एयरलाइन्सले खरिद गरेको दुई वटा विमान सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ।एयर लाइन्सका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले अमेरिकाको पोर्टल्याण्ड विमानस्थलबाट क्यानेडाको गुज बे विमानस्थल हुँदै यो विमानमा उडान भरेर नेपाल ल्याउँदैछन् ।

साढे १२ हजार किलोमिटर भन्दा लामो दूरीको हवाई दूरी तय गर्नका लागि विमानलाई आवश्यक पर्ने इन्धन भर्नका लागि ठाउँ ठाउँमा विमान अवतरण गर्दै नेपाल आइपुग्न लागेको हो । श्री एयरलाइन्सले हवाई सेवा बिस्तार गर्ने योजनाका साथ ड्यास एट मोडलको टर्बोप्रप विमान अमेरिकी हवाई सेवा प्रदायक होराइजन एयरबाट खरिद गरेको हो । यी दुबै विमानको उत्पादन संकेत नम्बर ४५३२ र ४३५५ हो ।

Esewa
Crest

होराइजन एयरको माउ कम्पनी अलास्का एयरले ड्यास एट QS400 मोडलका जहाजहरुबाट हवाई उडान सेवा बन्द गर्ने निर्णय गर्दै यी जहाजहरुबाट अन्तिम पटक एक वर्ष अघि जनवरी २०२३ मा उडान भरेको थियो । सन् २००१ देखि ड्यास एट मोडलका विमानबाट सेवा शुरु गरेको होराइजन एयरले हवाई उडान सेवा शुरु गरेको २२ वर्षपछि ड्यास एट मोडलका सबै २६ वटा टर्बोप्रोप विमान २०२२ को जनवरी ३० तारेखदेखि औपचारिकरुपमा उडान भर्न बन्द गरेको छ। यीनै २६ वटा विमानमध्येबाट श्रीएयरले २ वटा पुराना जहाज खरिद गरेको हो ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार श्री एयरले भित्र्याउन लागेको दुईवटा जहाजलाई क्रमशः  ‘नाइनएन एओके र ‘नाइएन-एओएल’ संकेत चिन्ह प्रदान गरिएका छन् ।

श्री एयरलाइन्ससँग एआइ हेलिकप्टर सहित हाल आठवटा जहाज छन्। तीमध्ये ४ वटा जेट र बाँकी ४ बम्बार्डियर र ६ वटा एयरबसका एमआई–८ सेग्मेन्टका हेलिकोप्टर छन्। कम्पनीमा व्यापारी सुधिर मित्तलको ९९.८९ प्रतिशत स्वामित्व छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

49%
sad

दु :खी

3%
amazed

अचम्मित

8%
excited

उत्साहित

28%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS