IME Life New

चौधरी समूहले कब्जामा लिएको बाँसबारी जुत्ता कारखानाको जग्गामा सरकारी स्वामित्व कायम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौधरी समूहले झेली गरेर आफ्नो स्वामित्वमा ल्याएको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारका नाममा कायम भएको छ। हाल खारेज भई सकेको सरकारी स्वामित्वको जुत्ता कारखानाको जग्गा सरकारले आफ्ना नाममा ल्याएको हो ।

मालपोत कार्यालय काठमाडौंले मालपोत ऐन, २०३४ को दफा २४ बमोजिम भूमिसुधार तथा मालपोत कार्यालयको शुक्रबारको निर्णयले नेपाल सरकारको नाममा जग्गाको स्वामित्व कायम गरिएको जानकारी दिएको छ।

Esewa
Crest

मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा २ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी आवाद गरिएको अवस्थामा त्यस्तो दर्ता स्वत: बदर हुने प्रावधान अनुसार मालपोत कार्यालयले यस्तो निर्णय गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पत्रका आधारमा सरकारमा नाममा ल्याइएको मालपोत कार्यालयले जनाएको छ। सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गाका विषयमा अनुसन्धान गरिरहेको थियो।

चौधरी समूहका अध्यक्ष समेत रहेका सांसद विनोद चौधरी, उनका भाई अरुण चौधरी, बसन्त चौधरी समेतले बाँसबारी जुत्ता कारखानाको स्वामित्वको जग्गालाई विभिन्न मितिमा च्याम्पियन फूटवेयर लिमिटेडको नाममा नामसारी गराएर पछि चाँदबाघ रेजिडेन्सी सञ्चालन गरेको सिआइबी अनुसन्धानका क्रममा खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS