IME Life New

विभिन्न कार्यक्रम गरी सानिमा रिलायन्स लाइफले मनायो प्रथम वार्षिकोत्सव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन आज, कम्पनीले विविध कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुन: कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

Crest

उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गरेका थिए । साथै काठमाडौँ शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि:सहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरि मनाईराखीएको छ ।

बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष रू १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS