IME Life New

यी हुन् शेयर मार्केटका १० ठूला कम्पनी, बजार पुँजीकरणमा कसको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशले नयाँ अर्थमन्त्री पाएपछि केही दिन बढेको शेयर बजार फेरि लगातार घटिरहेको छ। यो साता पनि शेयर बजार ४ दिन घट्यो भने १ दिनमात्रै बढेको छ।

ठूला र संस्थागत लगानीकर्ता अझै बजारमा प्रवेश गरिसकेको अवस्था छैन। उनीहरु अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधारका लागि कस्ता कदम चाल्नेछन् भन्ने पर्खाइमा छन्। अर्थमन्त्री पुनकै निर्देशनमा धितोपत्र बोर्ड, नेप्से र सीडीएससीले सरोकारावालासँग छलफल गरी आआफ्नो कार्ययोजना पेस गरिसकेका छन्।

Esewa
Crest

त्यसो त बजार ठूला कम्पनीको कारोबारबाट पनि प्रभावित हुने गर्छ। ठूला कम्पनीको शेयरभाउमा आउने उतारचढावले समग्र सूचकहरु प्रभावित हुने गरेका छन्।

हाल शेयर बजार कुल बजार पुँजीकरण ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँ माथि रहेको छ। बजार पुँजीकरणका हिसाबले भने नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा नेपाल टेलिकमको हिस्सा ४.७३ प्रतिशत रहेको छ।

यसैगरी दोस्रो ठूलो बजार पुँजीकरण कम्पनीमा नबिल बैंक रहेको छ। नबिल बजार पुँजीकरण १ खर्ब २२ अर्ब २ लाख रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा नबिल बैंकको हिस्सा ३.७६ प्रतिशत रहेको छ।

शेयर बजारमा नागरिक लगानी कोष (सीआईटी) तेस्रो ठूलो बजार पुँजीकरण भएको कम्पनी हो। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा यो कम्पनीको हिस्सा ३.४६ प्रतिशत रहेको छ।

यी हुन् शेयर बजार हिस्सा धेरै रहेका अन्य ७ कम्पनी

नेपाल पुनर्बीमा कम्पनीः ९४ अर्ब ६९ करोड रुपैयाँ (२.९२ प्रतिशत)

ग्लोबल आइएमई बैंकः ६७ अर्ब ६६ करोड रुपैयाँ (२.०८ प्रतिशत)

हिमालयन रिइन्स्योरेन्सः ६३ अर्ब ७ करोड रुपैयाँ (१.९४ प्रतिशत)

एनआईसी एसिया बैंकः ६१ अर्ब ७७ करोड रुपैयाँ (१.९० प्रतिशत)

एभरेष्ट बैंकः ६० अर्ब ३८ करोड रुपैयाँ (१.८६ प्रतिशत)

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ५५ अर्ब ६२ करोड रुपैयाँ (१.७१ प्रतिशत)

नेपाल लाइफ इन्स्योरेन्सः ४९ अर्ब ७४ करोड रुपैयाँ (१.५३ प्रतिशत)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS