IME Life New

यो साता विकास बैंक, वित्त र लघुवित्तमा चमक, नेप्से घट्दा लगानीकर्ताले गुमाए साढे २२ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारको ५ दिनको कारोबारमा ४ दिन घटेको छ भने १ दिनमात्रै बढेको छ। गत साता बिहीबार नेप्से परिसूचक घटेर २०८०.८७ को विन्दुमा बन्द भएको थियो। यो साता बिहीबार पनि बजार घटेर नेप्से २०४८.५७ को विन्दुमा बन्द भएको छ। यो साता शेयर बजार ३२.३ अंकले ओरालो लागेको छ।

यो साता बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा गिरावट आएको छ भने ३ वटामा बढोत्तरी भएको छ। यो साता विकास बैंक, वित्त र लघुवित्त समूहमा बढोत्तरी भएको छ।

Esewa
Crest

बैंकिङ, होटेल तथा पर्यटन, अन्य, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार, जीवन बीमा, म्युचुअल फन्ड र लगानी समूहमा गिरावट आएको छ।

नेप्से घट्दा यो साता बजार पुँजीकरण पनि घटेर ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँ खुम्चिएको छ। अघिल्लो साता बजार पुँजीकरण ३२ खर्ब ७० अर्ब ८५ करोड रुपैयाँ थियो। यस हिसाबले लगानीकर्ताले यो साता २२ अर्ब ६० करोड रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS